
काठमाडौँ, १५ भाद्र । कांग्रेस महामन्त्री गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुन आवेदन दिएका छन् ।
बुधबार थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ ४ बाट उम्मेदवार हुन आवेदन क्षेत्रीय समितिमा निवेदन दिनुभएको हो ।
यसअघि थापाले दुई पटकको निर्वाचनमा काठमाडौं ४ बाटै निर्वाचित हुनुभएको थियो ।
अज बुधबार नै कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ।
कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे