
काठमाडौँ, १५ भाद्र । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा गोलकिपर किरण चेमजोङ विवाह बन्धनमा बाधिँदैछन् ।
लामो समयदेखी प्रेममा रहेका चेम्जोङले प्रेमिका कञ्चन निरौलासँग लगनगाँठो कस्न लागेका हुन् । विवाह सिल्भर ओक पार्टी प्यालेस बालुवाटारमा सिमित साथीभाई तथा आफन्तहरु बिच हुँदैछ ।
चेमजोङले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जिते लगत्तै विवाहको प्रस्ताव गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे