
दाङ , १५ भाद्र । । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ ।दाङको घोराहीमा चट्याङ लागेर २ जना युवतीकाे मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ सालडाँडामा मंगलबारचट्याङ लागेर २ जना युवतीको मृत्यु र १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय दाङका अनुसार मृत्यु हुनेमा १६ वर्षीय दिपा घर्ती र १९ वर्षीय मोनिका साह रहेका छन् । १२ मध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ । १० जना घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे