
काठमाडौँ, १३ भाद्र । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई आदेश दिएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामाथि टिप्पणी गरेको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । सर्वोच्चका अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदकले माग गरेअनुसार अवहेलनामा सजाय किन नहुनुपर्ने हो, यसका कारणसहित सात दिनभित्र आफैँ या कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुन्छ’ भनी प्रतिक्रिया दिनुभएको थियो ।
मेयर शाहले ‘अल्पकालिन आदेश आएको मुद्दाको पेसी अझै पनि आएन्, सायद यो कार्यकालपछि आउँछ कि’ भन्दै सामाजिक सञ्जालमा अर्कौ स्टाटस लेखेका थिए।
मेयर शाहको प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै जोशीले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।
अदालतले शाहका नाममा आदेश जारी गरेमा उहाँले आफू स्वयं उपस्थित हुन पनि सक्नेछन भने वारेसमार्फत लिखित जवाफ पेस गर्न पनि सक्नेछन् । उक्त मुद्दाको सुनुवाइ भइसकेपनि आदेश आउन भने बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे