
काठमाडौँ, ११ भाद्र । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका सागर ढकालले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) को प्रशंसा गरेका छन ।
चुनावी प्रचारको लागी डडेलधुरा पुगेका ढकालले मेयर शाहले काठमाडौँ महानगर क्षेत्रमा कानुनविपरित बनाइएका संरचना भत्काउने कामको प्रशंसा गर्दै संघिय चुनावमा १६५ क्षेत्रबाटै बालेनहरु आउनुपर्नै बताएका छन् ।
ढकालले सामजिक सञ्जाल मार्फत सबै क्षेत्रबाट बालेनहरु निर्वाचित भए भ्रष्ट्राचारी र देश बिर्सेर पार्टीबाद भन्नेहरुको हालत के होला भन्दै प्रश्न गरेका छन् ।
‘एउटा बालेन आउँदा यस्तो छ , १६५ क्षेत्रमै बालेनहरु आए भने भ्रष्ट्राचारी र देश बिर्सेर पार्टीबाद भन्नेहरुको हालत अब ४(५ महिनामै के होला ??, ‘ ढकालले भनेका छन् ।’
उनले अब सक्षम पढेलेखेका अनुभवि जोस होस र देश विकास गर्ने हुटहुटि भएका २ करोड युवा बालेनहरुको पालो आएको भनेका छन् ।
ढकालले देशभरि रहेका बालेनहरुलाई संघिय चुनावमा १६५ क्षेत्रमै खोजि खोजि भोट हाल्न पनि अपिल गरेका छन् ।
‘देशको माया लाग्छ भने देशभरि बालेनहरुलाई आउने चुनावमा १६५ क्षेत्रमै खोजि खोजि सकेको मेहनत गरेर संघिय चुनाव जिताउनु होला, ‘उनले भनेका छन् ।’
ढकालले अबको प्रधानमन्त्री पनि बालेन जस्तै युवाहरु प्रधानमन्त्री बन्नुपर्नै बताएका छन् ।
केही बर्ष अघि बिबिसिको साझा सवाल कार्यक्रममा विश्वले जस्तै नेपालले पनि अक्सफोर्ड पढेका प्रधानमन्त्रि कहिले पाउने भन्दै प्रश्न गर्दा प्रधानमन्त्रि देउवाको गाली खाएका ढकालले यसपालिको संघिय निर्वाचनमा प्रधानमन्त्रि देउवासँग चुनाव लड्ने घोषणा गरेका छन् । उनी अब ४० बर्ष भन्दा कम उमेरका ब्यक्ति नै प्रधानमन्त्रि बन्नुपर्नै बताउदै अबको चुनवामा आफु निर्वाचित हुने र आफुनै प्रधानमन्त्रि बन्ने दाबी गर्दै आइरहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे