
काठमाडौँ, ९ भाद्र । अभिनेता विपिन कार्कीविरुद्ध उजुरी परेको छ । फिल्म ‘प्रसाद २’को निर्माता सुभाष थापाले कार्कीले फिल्म बिचमै छाडेर गायव भएको भन्दै उजुरी दिएका हुन् ।
सुभाषले नेपाल चलचित्र कलाकार संघ र चलचित्र निर्माता संघमा उजुरी दिएका छन् ।
फिल्म ‘प्रसाद २’को कास्कीमा छायांकन बीचमा नै छाडेर विपिनले हिडेपछि निर्माताले फिल्मको छायांकन रोकेर, फिल्मको सिंगो टिम कास्कीबाट काठमाडौं फर्किएको थियो । त्यसपछि विपिन सम्पर्कमा नआएको भन्दै सुभाषले बिहीबार दुई संस्थामा उजुरी दिएका हुन् ।
उनले विपिनलाई फिल्म खेल्नका लागि सहमति गराइदिन र फिल्म नखेल्ने भए विपिनबाट क्षतिपूर्ति दिलाइदिन आग्रह गर्दै लिखित निवेदन दिएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे