• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १२, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

४ मिनेट अघि
२

विश्वकप २०२६:अन्तिम खेलमा अमेरिकामाथि टर्कीको शानदार जित

१५ मिनेट अघि
३

जगदीश खरेलले लिए महामन्त्री पदको उम्मेदवारी फिर्ता

२८ मिनेट अघि
४

प्रतिनिधि सभा बैठक बस्दै:पाँच विधेयक पेश हुने

४0 मिनेट अघि
५

अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय

६ घण्टा अघि
६

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान

२१ घण्टा अघि
७

२५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक

२१ घण्टा अघि
८

विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

२१ घण्टा अघि
९

रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति

२२ घण्टा अघि
१०

सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा

२२ घण्टा अघि
११

गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा ‘डाक्टर’ पक्राउ, सीआईबीको अनुसन्धान जारी

२३ घण्टा अघि
१२

भेनेजुएलामा शक्तिशाली भूकम्प,व्यापक क्षतिको आशंका

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (३ साल अघि)

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

  • 3,673 Views
  • चितवन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन् । विसं २०७३ मा ल्याइएका १५ अर्ना र विसं २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन् । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो । तीसमेत सबै मरेका छन् ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार बाँकी रहेका तीन अर्ना सोमबार बाघले खाएपछि सबै सकिएका हुन् । पानी छिर्ने ठाउँबाट बाघ पसेर तीनवटै अर्ना खाएको अनुमान निकुञ्जले गरेको छ । यसअघि एउटा अर्ना बाघ पसेर खाएको थियो । तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन् । चार बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएर मरेका हुन् ।

    संरक्षण आचार्यले संरक्षणका लागि ठूलो प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताए । गत आर्थिक वर्ष २०७८-७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए । साउनदेखि मङ्सिर मसान्तसम्म १० अर्ना मरेका हुन् । छ वटा भाले र चार पोथी अर्ना मरेका थिए । बाँकी रहेका तीन वटा पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो । सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ ।

    तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोर निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो । चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो । विसं २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए ।

    अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमीमा बस्न रुचाउने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन् । निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी सिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षण विद्हरुले कारण मान्दै आएका छन् ।

    कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो । कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउछन् ।

    विसं २०७१ मा नै सरकारले पाँच भालेसहित २० अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । १५ वटा ल्याइयो, थप पाँच वटा ल्याइएन । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो । अर्नाको सरदर आयु २५ वर्ष हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना तीन-चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजनन योग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ ।रासस

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
    ४ मिनेट अघि

  • २

    विश्वकप २०२६:अन्तिम खेलमा अमेरिकामाथि टर्कीको शानदार जित
    १५ मिनेट अघि

  • ३

    जगदीश खरेलले लिए महामन्त्री पदको उम्मेदवारी फिर्ता
    २८ मिनेट अघि

  • ४

    प्रतिनिधि सभा बैठक बस्दै:पाँच विधेयक पेश हुने
    ४0 मिनेट अघि

  • ५

    अरबौँ लगानीपछि पनि ‘नमुना’ बन्न सकेनन् विद्यालय
    ६ घण्टा अघि

  • ६

    रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान
    २१ घण्टा अघि

  • ७

    २५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक
    २१ घण्टा अघि

  • ८

    विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश
    २१ घण्टा अघि

  • ९

    रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति
    २२ घण्टा अघि

  • १०

    सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ६

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution