काठमाडौँ। साताको पहिलो दिन सेयर बजार साढे ५७ अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज आइतवार ५७ दशमलव ६१ अङ्कले बढेर दुई हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको छ ।
यसदिन दुई सय ३१ वटा कम्पनीका ६२ लाख २७ हजार कित्ता सेयर दुई अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् ।
आज सबै समूहको सेयर बढेर बजारमा हरियाली देखिएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २२ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भयो ।
आज साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोसी, साञ्जेन जलविद्युत्, नेष्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि ङादी ग्रुप पावर कम्पनीको सेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे