
काठमान्डौ| भारत सरकारले ७५ एम्बुलेन्स र १७ विद्यालयका लागि बस सहयोग हस्तान्तरण गरेको छ ।आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरूमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो ।
भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पुराउँन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको परम्पराको रुपमा रहेको बताए ।
एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव सहभागी थिए । श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गरेका थिए ।भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे ।
विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको दूतावासले जनायो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे