
काठमान्डौ , १७ असार |हिजो राती ९ बजे तिर एउटा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएको छन् ।दाङको घोराहीबाट सौंडियार जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही– ७ बेसाईमा दुई वटा साइकललाई ठक्कर दिएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय गंगा बहादुर कवर र साईकलयात्री सोही वडाका १६ वर्षिय रितेश केसी रहेका छन् । उनीहरु दुबैको उपचारको क्रममा मृत्यु भएको हो ।
घाईते हुनेमा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षिय बसन्त चौधरी र अर्का साईकलयात्री सोही ठाउँका १५ वर्षिय बिनोद भण्डारी रहेको छन् ।दुवैको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे