
काठमान्डौ | पछिल्लो २४ घण्टामा मुलुकभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६ सय ९८ जनामा गरिएको परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार ५३२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३६ जना र १ हजार १६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो ।
बिहिबार १७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर २ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे