काठमाडौँ, १६ असार । आज बिहीवार सेयर बजार (नेप्से) दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार साढे ४१ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ ।
दुई सय २७ वटा कम्पनीका ७२ लाख ५४ हजार कित्ता सेयर दुई अर्ब ४५ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् ।
आज सबै समूहको सेयर बढेर बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको नौ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो ।
आज नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत्, न्यादी हाइड्रो, सीवाईसी नेपाल लघुवित्त, आँधीखोला लघुवित्त र सूर्योदय ओमी लघुवित्तको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज ६ वटा कम्पनीको सेयर मात्रै सामान्य घटेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे