
काठमान्डौ , १६ असार | स्याङ्जामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।आज बिहान ढाकाराम भट्टराईको घर पछाडिको ढिस्को भत्किँदा उनकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।
गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।
घटनामा १६ वर्षका लक्ष्मीकान्त भट्टराई घाइते भएका छन् । घाइतेको उपचार गल्याङ नगर अस्पतालमा भईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे