
काठमाडौं ।निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले हालसम्म गरेका सबै निर्णयहरू बदर गरिदिने आदेश दिएको एक महिनापछि सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतले विमानस्थलको विकल्प खोज्नुपर्ने भनेका छन् भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माले निजगढमै विमानस्थल बनाउन उपयुक्त विकल्प खोज्न सकिने भनेका छन् ।
२०७८ फागुन ५ देखि सुनुवाइ थालेको सर्वोच्चले वैशाख १३ सम्म सातौं पटक सुनुवाइ गरेर गत जेठ १२ मा आदेश सुनाएको थियो ।निजगढको विकल्प निजगढ नै हुने भनेर अल्पमतमा राय दिनेमा भने हरिकृष्ण कार्की र मनोजकुमार शर्मा छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे