
काठमान्डौ | सिरहा प्रहरीले बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ ।
गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई गत शनिबार स्थानीयले बोक्सी भन्दै मलमूत्र खुवाएका थिए ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक साहले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे