काठमान्डौ , १४ असार | जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने भएको छ ।सोमबार राति बसेको जसपा कार्यकारिणी समितिको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो ।
मन्त्रीहरु फिर्ता बोलाएपछि नयाँ मन्त्रीहरु पठाउने जिम्मा पनि अध्यक्ष उपेन्द्र यादवलाई नै दिइएको छ ।जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे