काठमान्डौ |नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।
शपथग्रहण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दकिशोर पुन‚ प्रधानमन्त्री शेरबहादुर देउवा‚ र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति रहेकाे छन् ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे