
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले शनिबार राति १२ बजेदेखि लागू पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।
पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा पनि घटाएको छ ।
यात्रुवाहक सवारी साधनमा ५।४१ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा ६।९७ प्रतिशत र तराईमा चल्नेमा ७।६८ प्रतिशत भाडा घटेको छ।
जो रातिबाट डिजेल प्रतिलिटर २९ र पेट्रोल प्रतिलिटर २० रूपैयाँ घटेको थियो । नयाँ भाडा दर आजबाट नै लागू हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे