
काठमान्डौ | रवि लामिछानेलाई निर्वाचन आयोगमा थप अर्को उजुरी परेको छ ।बुधबार आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोशाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी पेश गरेका हुन्।
स्वतन्त्र शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरूलाई अत्यन्त असहज परिस्थितिको निर्माण हुनेछ निवेदनमा उल्लेख छ ।।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे