
ग्लोबल स्टडी पार्टनर (जि एस पि) ले “जी एस पि रिक्रुटमेन्ट पार्नर्स मिट एण्ड नेटवर्किङ इभेन्ट २०२२” को आयोजना गरेको छ। होटल हिमालय ललितपुरमा यहि जुन १६ तारीखका दिन ग्लोबल स्टडी पार्टनर (जि एस पि) ले उक्त कार्यक्रको आयोजना गरेको हो। प्रमुख अतिथीका रूपमा नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कको उपस्थिति रहेको थियो र कार्यक्रममा प्रमूख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा बोल्दै राजदूत फेलीसिटी भोल्कले विद्यार्थीलाई सचेत हुन आग्रह गर्दै, पारदर्शी वातवरण भएका शैक्षिक संस्था तथा विश्वविद्यालय छनोट गरी अध्ययन गर्न आग्रह गर्नु भयो। साथै उहाँले एजेन्ट र शैक्षिक संस्थालाई स्वच्छ किसिमको प्रतिस्पर्धात्मक वातावरण बनाई अध्यापनमा सम्लग्न हुन आग्रह गर्नु भयो। कार्यक्रममा ग्लोबल स्टडी पार्टनर (जि एस पि) का तर्फ बाट (जि एस पि) का नेपाल कन्ट्री डाइरेक्टर अनिल श्रेष्ठले स्वागत मतव्य राख्नु भयो साथै (जि एस पि) का ‘प्रमुख कार्यकारी अधिकृत’ मिस इलेएन स्टार्की ले वैदेशिक अध्ययन अध्यापनमा अष्ट्रेलियाको अनुभव प्रस्तुत गर्नु भयो भने ‘चिफ ग्रोथ अफिसर’ मिस्टर अलि बटले आगामी दिनको अध्ययन सम्भावना र भविस्य बारे आफ्ना कुराहरू राख्नु भयो। कर्यक्रममा बोल्दै (जि एस पि) का सिनियर बिजनेस डेभलपमेन्ट म्यानेजर अशोक शाहीले (जि एस पि) को इन्ट्रो भिडियो प्रस्तुत गर्दै “कि सेलिङ् प्रोडक्टस्” बारे प्रकाश पार्नु भयो। यसै गरी (जि एस पि) की “सिनियर एडमिसन् अफिसर” रश्मी सुवेदीले जिएसपिको पोर्टल र एडमिसन् बारे जानकारी गराउनु भयो। ग्लोबल स्टडी पार्टनरले कार्यक्रमको पछिल्लो अध्यायमा आफ्ना एजेन्टहरुसंग एक फरक शैलीको प्रश्न-उत्तर पृष्ठ पनि समाहित गरेको थियो जसमा दुवै पक्षले आफ्ना अनुभव, समस्या र योजनाबारे बहुआयामिक तवरमा कुराहरू आदन प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा (जि एस पि) कि बिजनेस डेभलपमेन्ट म्यानेजर आस्था राज्य लक्ष्मी राणाले “भोट अफ थ्याङ्क्स” प्रस्तुत गरि कार्यक्रमको समापन गर्नु भएको थियो; साथै चिफ ग्रोथ अफिसर मिस्टर अलि बटले आफ्ना एजेन्टहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे