बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैको बोट अमेरिकन फौजी किराले सखाप पारेको हो ।
कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । जिल्लाका धेरै क्षेत्रमा फौजी किराको प्रकोप देखापरेको छ ।
दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ ।३ वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे