
काठमाडौँ – मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रणको माग गर्दै सडकमा उत्रिएका स्थानीयमाथि प्रहरीले बर्दियामा गोली चलाउदा बर्दियामा एक किशोरिको मूत्यू भएको छ । गोली लागेर मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका २ की नविना थारु रहेकि छिन्र । अन्य ४ जना स्थानीय घाइते भएका छन् ।
उनीहरु बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएका थिए ।स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ पनि केहि घाइते भएका छन् ।
गृह मन्त्रालयले बर्दियाको घटनाबारे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।मन्त्रीस्तरीय निर्णयबाट गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
छानबिन समितिमा गृह मन्त्रालयका उपसचिव ध्रुव खड्का , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल,राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विकास पाण्डे र नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला सदस्य छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे