
काठमाडौँ — एमालेका नेता डा। भीम रावलले एकीकृत समाजवादीको मन्त्री हेरफेर गर्ने निर्णयप्रति विरोध जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ ।
एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ रहेका छन् ।
सो पार्टीको तर्फबाट मेटमणि चौधरी सहरी विकास, भवानी खापुङ स्वास्थ्य, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री तथा हीरा केसी स्वास्थ्य राज्यमन्त्री हुने भएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे