काठमाडौँ – नेपाली बजारमा आइतबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ ९७ हजार ९ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९७ हजार ४ सय रुपैयाँमा झरेको छ।
शुक्रबारको तुलनामा चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे