
जेठ २० काठमान्डौ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउनुभएको हो । काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गर्न मन्त्रालय पुग्नुभएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौंको फोहोर व्यवस्थापन अहिलेको ठूलो चुनौति रहेको भन्दै फोहोर व्यवस्थापनको लागि नयाँ टेक्नोलोजीको निर्माण गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
मन्त्री झाँक्रीले भन्नुभयो, फोहोर मैला ठूलो समस्या छ । हामी पहिला टेक्नोलोजी फाइनल गर्छौं । त्यसपछि इन्भेष्टमेण्ट मोडल, कति भोलुमको इन्भेष्टमेण्ट चाहियो ? पोष्ट क्लोजरको इस्यू ठूलो कुरा हो । अहिले हामी पोष्ट क्लोजरको इस्यूमा काम गर्छौं । बञ्चरे डाँडा वा सिस्डोल नगएका मानिसहरुका लागि सामान्य कुरा लागेपनि त्यहाँ गएकाहरुका लागि यो ठूलो कुरा हो । हामीले त्यति ठूलो गल्ती गरेका छौँ । त्यसको पेव्याक आज राज्यले गरेको छ । फोहोर बञ्चरे डाँडा नै लैजाने हो, त्यसलाई हामीले वैज्ञानिक व्यवस्थापन गरेर जानुपर्छ ।
सरकारले स्थानीयका माग पूरा नगरेको र उचित तरिकाले व्यवस्थापन नगरेको भन्दै बञ्चरे डाँडावासीले फोहोर फाल्न दिएका छैनन् ।जसकारण लामो समययता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो देख्न सकिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे