
प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको विरोध प्रदर्शन भएको छ । बिहीबार बसेको बैठकमा एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेर दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर विरोध जनाएका हुन्।
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे