
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । खाँणले २४ हजार ३९६ मत ल्याएर नगर प्रमुखमा विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहन चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका छन् ।चापागाईंलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
त्यस्तै, उपमेयरमा भने नेकपा एमालेकी जागेश्वरीदेवी चाधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत प्राप्त गरी उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका माओवादी केन्द्रका हेमलाल पाण्डेले ११ हजार ५४६ मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे