
काठमाण्डौँ, १२ जेठ । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई शब्दजालको पुलिन्दा मात्रै भएको बताउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले नीति कार्यक्रम देशलाई अस्थिरतातर्फ लैजाने र भ्रष्टाचारको घोषणा पत्र भएको बताउका हुन्।
‘बुँदा नम्बर १३६ ले ढुक्कसँग भ्रष्टाचारलाई प्रवर्द्धन गर्ने घोषणा गरेको छ, होइन भने मलाई गलत सावित गर्नुस्,’ ओलीले दाबी गरे, ‘बुँदा नम्बर ७३ र ७७ हेरिसकेपछि बाँकी १४३ बुँदाको पनि सहजै अनुमान गर्न सकिन्छ,’ प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले बर्तमान गठबन्धन सरकारसँग आफ्नो कुनै नीति नरहेको टिप्पणी पनि गर्नुभयो ।
ओलीले नीति कार्यक्रम ‘चास्नीमा नडुबाएको जेरी’ को संज्ञा दिदै शब्दहरु खोजीखोजी राखिएको तर अर्थ नखुल्ने प्रस्थानबिन्दु नै स्पष्ट नभएको बताए ।
ओलीले भन्नुभयो, ‘नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको जेरीजस्तो छ । राम्रा शब्दहरु खोजीखोजी राखिएको छ तर अर्थ खुल्दैन । यसको प्रस्थानबिन्दु नै स्पष्ट छैन । गुजुल्टिँदै गुजुल्टिँदै कहाँ जान्छ कहाँ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे