
संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए ।अध्यक्ष ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको बताए ।
उनले अघि भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन रु निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।उनले नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाए ।
उनले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे