
रौतहटको गरुडा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार कन्थमनीप्रसाद कलवार विजयी भएका छन् । कलवारले ४५६५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका बृज किशोर प्रसाद यादवले ४५२६ मत पाए ।यादवलाई झिनो ३८ मतान्तरले पराजित गरेका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । उपप्रमुख पदमा कांग्रेसका पुनम चौधरी विजयी भएकी छन् । चौधरीले जसपाकी उम्मेदवार बिन्दुकुमारी देवीलाई २ हजार २२६ फराकिलो मतान्तरले पराजित गरिन् । चौधरीले ६ हजार ७०३ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी देवीले ४ हजार ४७७ मत पाइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे