
स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन नेपाली कांग्रेसको सोमबार पत्रकार सम्मेलन गर्दैछ । गत वैशाख ३० गते शुक्रबार भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामलगायतका बारेमा जानकारी दिन पत्रकार सम्मेलन गर्न लागिएको बताइएको छ ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कार्यालयका मुख्य सचिव डा. कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।पार्टीका प्रवक्ता प्रकाशशरण महतको उपस्थितिमा हुने पत्रकार सम्मेलनमा आगामी कार्यक्रम र योजनाका बारेमा समेत जानकारी गराइने बताइएको छ ।
स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पहिलो नम्बरमा रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे