
बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।बनेपा पार्टि भेन्यू रहेको शपथ ग्रहण कार्यक्रममा नेकपा एमाले उपस्थित भएनन्र ।
नेकपा एमालेबाट नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले नगरपालिकाको ठूलो दल भएर पनि आफूहरूसँग सल्लाह नगरीकन शपथ ग्रहण कार्यक्रम गरिएको भन्दै कार्यक्रम बहिष्कार गरेको बताइन् ।
बनेपाको १४ वडामध्ये एमाले उपप्रमुख, ७ वडाअध्यक्षसहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका प्रमुखसहित २९ र एकीकृत समाजवादीका १ वडाअध्यसहित ५ जनप्रतिनिधि निर्वाचित भएका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे