
शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सौदर्य प्रतियोगीताको नाममा बलात्कार गर्नैलाई पक्राउ गर्न माग गरेका छन् ।थापाले बलात्कारको घटना सार्वजनिक भइसक्दा पनि दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
त्यसपछि सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै भने, ‘माननीय सदस्यहरू, माननीय सदस्यले आफ्नो भनाइ राख्दै गर्दा प्रारम्भमा प्रस्तुत गर्नुभएको यौनहिंसासम्बन्धी विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा शीघ्र ल्याउन नेपाल सरकारलाई निर्देश गर्दछु ।
बुधबार सामाजिक सञ्जालमार्फत एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको सामाजिक सञ्जालहरुमा भिडियो शेयर गर्दै खुलासा गरेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे