
सुर्यविनायक नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेलले वडा नं १,२,३,४,५,६ सम्म अग्रता लिदै गदा वडा ७ को गणना र ८ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार वासुदेव थापा ५४८ मत अन्तरले अघि वढेका छन। यद्दपि वडा ९, १० को परिणम आउन बाकी नै छ।
सुर्यविनायक न.पा मेयरका प्रत्यासी उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी एमालेका मेयर प्रत्यासी वासुदेव थापा अहिले सम्मको गणनामा ११,७७५ मत , त्यसै गरी नेपाली काग्रेसका निशान ढुंगेलले ११,२२७ मत प्राप्त गरेका छन् ।
उपमेयर तर्फका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सरिता भट्टराई तिमिल्सिना अहिले सम्मको मत गणनामा अग्रताका साथ ११७९१ मत प्राप्त गरेकी छिन भने प्रतिस्प्रर्धी प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतको ५८६५ मत रहेको छ।मत गणना जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे