
कागेश्वरी नगरपालिका मेयर प्रत्यासी नेपाली काग्रेसका उपेन्द्र कार्कीले नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राम शरण ढुंगानालाई पछि पादै मत अन्तर वढाउदै छन्।
कागेश्वरी नगरपालिका मेयर प्रत्यासी नेपाली काग्रेसका उपेन्द्र कार्कीले अहिले सम्म वडा १ र ९ को मत गणनामा २०४७ मत प्राप्त गदै अग्रता कायम गरेका छन्। त्यसै गरी प्रतिस्प्रर्धी मेयर प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार राम शरण ढुंगाना १९५२ मत प्राप्त गदै पछि पछि छन । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका प्रत्यासी हरी कृष्ण थापाको ४४३ मत प्राप्त गरेका छन।
उपमेयर तर्फका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार शान्ता थापा अहिले सम्मको मत गणनामा अग्रताका साथ २३६७ मत र त्यसलाई पछाउदै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सरस्वती नेपाल २४५ मत प्राप्त गरेकी छन्। मत गणना जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे