
काठमाडौँ, १ जेठ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले झण्डै दोब्बर मतान्तरले अग्रता लिएका छन्।
४४५३ मत गणना हुँदा बालेनले १५८७ मत ल्याएका छन्।
यस्तै मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत ल्याएका छन्।
नेपाली कांग्रेसबाट मेयर उम्मेदवार सिर्जना सिंहले ८२२ मत प्राप्त गरेकी छन्।
काठमाडौँको राष्ट्रिय सभामा मत गणना जारी छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे