
दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी हुनुभएकाे छ ।
यो वडामा कुल ७ सय १४ मत खसेको थियो । यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।
माओवादी केन्द्रका अध्यक्षमा निर्वाचित मगरले ३ सय ५८ प्राप्त मत गरी निर्वाचित हुनुभएकाे हाे।
नेपाली कांग्रेसका उम्मेदवारले १ सय ९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूलले १७ र छाता चुनाव चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे