
काठमाडौँ । स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लामा ६९ प्रतिशत माथि भन्दा मत खसेको छ।
निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भए पनि जम्मा६९ प्रतिशत माथि भन्दा मत खसेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धेरै मतदाता भएको स्थानमा कम मत खसेको भन्दै यो तथ्याङक सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।
भोलि विस्तृत तथ्यांक आउने थपलियाले बताए ।
अहिले काठमाडौँ महानगरका सबै मतदान केन्द्रबाट मत पेटिका सभा गृह पुर्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। ।
सबै मत पेटिका संकलन भएको र आज ८ बजेबाट वडा १ र ३२ बाट मत गणना शुरू गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे