
काठमाडौँ । आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। उनको वीर अस्पतालमा सघन उपचार भइरहेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार उपचारका क्रममा उनको स्वास्थ्य अवस्था लगातार बिग्रँदै गएपछि उनको मृत्यु भएको हो।
यसअघि शुक्रबार बिहान वीर अस्पतालले पत्रकार सम्मेलन गरेर गणेश नेपालीको अवस्था निकै गम्भीर रहेको जानकारी दिएको थियो। अस्पतालका चिकित्सकहरूले उनको शरीर धेरै जलेको र स्वास्थ्य अवस्था अत्यन्त नाजुक रहेकाले सुधार हुने सम्भावना कम रहेको बताएका थिए। उनीहरूले जुनसुकै बेला अवस्था थप बिग्रन सक्ने चेतावनी पनि दिएका थिए।
लामो समयदेखि सघन उपचारमा रहेका गणेश नेपालीलाई बचाउने प्रयास भए पनि अन्ततः उपचारकै क्रममा उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे