
काठमाडौँ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडा क्षेत्रमा सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको छ। दुर्घटनापछि प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन्।
प्रहरीका अनुसार नदीबाट एक जना वृद्धलाई सकुशल उद्धार गरिएको छ, तर उहाँको परिचय खुल्न बाँकी छ। गाडीमा कति जना यात्रु थिए भन्ने अझै यकिन हुन सकेको छैन।
स्थानीयले दुर्घटनाबारे जानकारी दिएपछि प्रहरी चौकी पाल्तडा र दैलेखबाट करिब ३५ जना प्रहरी उद्धार कार्यमा परिचालन गरिएको छ। यात्रुहरूको खोजी र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे