
काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा पाँच वटा महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने भएका छन्। बैठक दिउँसो १ बजे सुरु हुनेछ।
बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसद्मा पेश गरिनेछ। त्यसपछि सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ), सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित संशोधन विधेयकहरू पनि प्रस्तुत गरिने कार्यसूची छ।
यस्तै, आर्थिक विधेयक २०८३ माथि सांसदहरूले दिएका संशोधनमाथि छलफल हुनेछ। छलफलपछि संशोधनमाथि निर्णय गर्दै विधेयक पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
यसका साथै सरकारले राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि पनि दफावार छलफल गर्ने प्रस्ताव राख्नेछ। आवश्यक छलफल र निर्णयपछि उक्त विधेयक पनि पारित गर्ने तयारी गरिएको छ।
आजको बैठकमा सरकारका विभिन्न मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कानुनी प्रस्तावहरू संसद्मा अघि बढाइनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे