
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टीको महाधिवेशनमा “नो भोट” को अर्थ कमजोर बनाइएको आरोप लगाएका छन्। चितवनमा जारी पहिलो महाधिवेशनमा मतदान व्यवस्थापन गलत भएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।
खत्रीका अनुसार उम्मेदवारहरूले आफ्ना प्रतिद्वन्द्वीलाई पनि अनिवार्य रूपमा भोट दिनुपर्ने व्यवस्था गरिएको छ, जुन सामान्य लोकतान्त्रिक अभ्यास नभएको उनको भनाइ छ। उनले सामाजिक सञ्जाल फेसबुकमा “संसारमा यस्तो मतदान हुँदैन होला” भन्दै आलोचना गरेका छन्।
अन्य नेताहरूले पनि महाधिवेशनको मतदान प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। उम्मेदवार यदु कुमार गिरीले पनि आफूहरूलाई आफ्नै प्रतिद्वन्द्वीलाई भोट दिन बाध्य पारिएको बताएका छन्।
त्यस्तै, सांसद धनञ्जय रेग्मीले महाधिवेशनको व्यवस्थापनप्रति कडा आलोचना गर्दै यसले पार्टीको छवि अन्तर्राष्ट्रिय स्तरमा कमजोर बनाएको बताएका छन्। उनले नेतृत्वमाथि खुलेर बोलेपछि आफ्नो हार हुने सम्भावना रहेको पनि संकेत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे