
काठमाडौँ । भारतले चिया निर्यातमा अवरोध गरेपछि झापा र इलामका चिया उद्योगहरू केही दिनका लागि बन्द भएका थिए। असार १ र ४ गतेदेखि बन्द भएका यी उद्योगहरू अहिले फेरि सञ्चालनमा आउन थालेका छन्।
सरकारले चिया उद्योगीहरूको समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेको र छिट्टै समाधान निकाल्ने आश्वासन दिएपछि उद्योगहरू पुनः सञ्चालनमा आएका हुन्। काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाह (बालेन) को सचिवालयले गठन गरेको कार्यदलले समस्या अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझाव दिने बताएको छ।
यसपछि असार ४ गतेदेखि बन्द भएका झापाका ३० वटा सिटिसी चिया उद्योगहरू बिहीबारदेखि फेरि सञ्चालनमा आएका छन्। त्यस्तै, असार १ गतेदेखि बन्द भएका इलामका सुर्योदय नगरपालिका र इलाम नगर क्षेत्रमा रहेका ६५ वटा अर्थोडक्स चिया उद्योग पनि पुनः सञ्चालनको तयारीमा छन्।
उद्योगीहरू कार्यदलको छलफलमा सहभागी हुन काठमाडौँ पुगेर सम्बन्धित निकायसँग निरन्तर वार्ता गरिरहेका छन्। उनीहरू समस्या चाँडै समाधान हुने आशामा उद्योग पुनः नियमित रूपमा चलाउने तयारीमा छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे