
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा अनियमितता भएको आरोपमा विशेष अदालतमा पेश गरिएका सात जनाको बयान सकिएको छ। अब यस मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु हुने भएको छ।
विशेष अदालतका अनुसार मङ्गलबार तीन जना र बुधबार चार जनाको बयान लिइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन उच्च अधिकारीहरू, कर्मचारीहरू तथा छपाइको जिम्मा पाएको कम्पनीका नेपाल प्रतिनिधिसहित सात जनालाई अदालतमा उपस्थित गराएको हो।
अख्तियारले यस प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी रकमको हानि भएको दाबी गर्दै मुद्दा दायर गरेको छ। मुद्दामा दुई जर्मन कम्पनीसहित कुल १८ जना प्रतिवादी बनाइएका छन्। अब अदालतले बहसपछि उनीहरूलाई थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्ने विषयमा निर्णय गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे