
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा अल्जेरियाले जोर्डनलाई २–१ ले पराजित गरेको छ। खेलको सुरुवातमा जोर्डनले राम्रो प्रदर्शन गर्दै पहिलो गोल गरेको थियो। अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा भएको खेलको ३६औँ मिनेटमा निजार अल रशदानले गोल गर्दै जोर्डनलाई १–० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा अग्रता जोगाएको जोर्डन दोस्रो हाफमा भने दबाबमा परेको थियो। खेलको ६९औँ मिनेटमा अल्जेरियाका नाधीर बेलहादजीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि अल्जेरियाले लगातार आक्रमण जारी राख्यो।
खेलको ८२औँ मिनेटमा अमिन गुइरीले निर्णायक गोल गर्दै अल्जेरियालाई २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी समयमा जोर्डनले बराबरी गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन।
यस जितसँगै अल्जेरियाले महत्वपूर्ण तीन अंक हासिल गरेको छ। अर्कोतर्फ, पहिलो पटक विश्वकपमा सहभागी भएको जोर्डन भने समूह चरणबाटै बाहिरिएको छ। सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा जोर्डनको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे