
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले गरेको खानतलासीबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार मन्त्री पराजुली सङ्खुवासभा गएको समयमा बिहीबार राति करिब १० बजे प्रहरीले उनको क्वाटरमा बिना कारण खानतलासी गरेको थियो। उनले यसबारे सरकारसँग स्पष्टिकरण माग गरेका छन्।
यस्तै, सांसद आरेन राईले जेन जेड आन्दोलनका बेला नयाँ बानेश्वरको एक बैंकमा धितो राखिएको १८ तोला सुन चोरी भएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराए।
यसैबीच सभामुख डोलप्रसाद अर्यालले आकस्मिक समयमा गम्भीर विषय मात्र उठाउन सांसदहरूलाई आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे