
काठमाडौँ । राप्रपाका महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताहरूले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरू पनि छन्। यसमा मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ र नारायण प्रसाद कोइराला जस्ता शीर्ष नेताहरू पनि समावेश छन्।
धवलशम्शेर राणाले पहिले नै पार्टी छोडेर नयाँ अभियान सुरु गर्ने बताएका थिए र देशको विकास र जनभावना अनुसार अघि बढ्न सबैलाई आह्वान गरेका थिए। त्यसपछि नै ठूलो संख्यामा नेताहरूले पार्टी छोडेका हुन्। असन्तुष्ट पक्षले यो पहिलो चरणको राजीनामा भएको बताएको छ। उनीहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व शैली कमजोर र आत्मकेन्द्रित भएको आरोप लगाएका छन्। पार्टीले आफ्नो मूल नीति पनि छोडेको उनीहरूको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे