
भक्तपुर – भक्तपुर नगरपालिका–२ लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा बिहीबार बिहान आगलागी हुँदा विद्यालय भवनमा ठूलो क्षति पुगेको छ। भवनको माथिल्लो तलाबाट सुरु भएको आगो चाँडै फैलिँदा कक्षाकोठा, फर्निचर, शैक्षिक सामग्री र विद्युतीय उपकरणहरू जलेर नष्ट भएका छन्।
प्रहरी, स्थानीय बासिन्दा तथा भक्तपुर र काठमाडौंबाट आएका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीबाट विद्यालयको दुई तले भवनमा उल्लेख्य क्षति पुगेको बताइएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन। विद्युत् सर्ट वा अन्य प्राविधिक कारण हुन सक्ने अनुमान गरिए पनि अनुसन्धानपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने काम जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे