
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी नगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ। बैठकमा समितिका संयोजक तथा सबै सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
पार्टीभित्रका अनुशासनसम्बन्धी विषयमा छलफल गर्न केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको जनाएको छ। बैठकमा विभिन्न समसामयिक विषय र अनुशासनसम्बन्धी मुद्दामाथि पनि छलफल हुन सक्ने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे