
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा खनाल शनिबार तीन दिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ। भारत भ्रमणको क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
रास्वपा सांसद दीपक बोहोराका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रवि लामिछानेबीच बुधबार नयाँदिल्लीमा भएको भेटका क्रममा पनि यी विषयमा कुराकानी भएको थियो। बोहोराले भारतसँग बाँकी रहेका सहकार्यका काम, नेपालका प्राथमिकता र चासोका विषयहरूको सूची बनाएर अगाडि बढ्ने विषयमा भारतीय पक्ष सकारात्मक रहेको बताएका छन्। उनले आगामी भ्रमणले दुई देशबीचको सहकार्य थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे